धरान : धरान उपमहानगरपालिका वार्ड नंं. १४ ले वडामा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी, सरसफाईकर्मीहरु र संचारकर्मीलाई सम्मान तथा प्रोत्साहित गरेको छ ।

Warda-no-14-2

शुक्रवार वडा कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा सो सम्मान तथा प्रोत्साहन गरिएको हो । वडाको सरसफाईमा खटेका सरसफाईकर्मी, शान्ति सुरक्षा खटिएका प्रहरी विटका प्रहरीहरु,स्वस्थ्यकर्मीहरु तथा स्वस्थ्य स्वयमसेवीहरु र संचाकर्मी कृति टेलिभिजनका मोहन श्रेष्ठ र ललित राईलाई फुलमाला र नगद समेतले सम्मान गरिएको थियो ।

Warda-no-14-1

 

कोभिड १९ कोरोना सङ्क्रमणको बेला चुनौतीका बवजुद कार्यरतहरूको मनोबल उच्च बनाउन र प्रोत्साहन गर्न सम्मान गरिएको १४ नं. वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए ।

Youba-sangh-3