धरान : धरान १४ विजयपुरको गणेश चौकको स्थानीयको गाई गोठमा गाईलाई करणी गर्दे गर्दा एक जनालाई रंगेहात स्थानीयले नाङ्गै पक्राउ गरेका छन् ।

धरान १४ मै घर भएका एक जना आधाबैसे पुरुष नाङ्गै अवस्थामा गणेश चौकको वासुदेव भट्टराईको गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा सोमबार राति साढे ८ बजे तिर स्थानीयले फेला पारेका थिए । स्थानीयले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

ती पुरुषले पटक पटक गाईलाई करणी गर्दै आएको स्थानीयवासीले आरोप लगाएका छन् । आज पनि गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा स्थानीयले भेटेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उनको नाम भने खुलेको छैन । उनी भुतपुर्व प्रहरी पनि रहेको बताईएको छ । 

धरान १४ को नयाँ टोल निवासी उनी मानसिक रोगी भएको उनका आफन्तले बताएका छन् । बिहानै देखि घरबाट निस्किएका उनी सोमवार राति यो अवस्थामा फेला परेको उनका आफन्तले बताए ।