धरान : ज्यान मार्ने उद्योग र रकम ठगी गर्ने केशका दुई फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

 पक्राउ पर्नेमा मोरङ ग्रामथानका विकास कुमार खाँ र भोजपुर अरुण ५ याकुका सुमन कार्की क्षेत्री रहेका छन् । पक्राउ परेका खाँले गत फागुन २२ गते इटहरी तालतलैया पार्कको जङ्गलमा एक युवतीलाई जबरजस्ती करणी तथा विषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेका थिए ।

उनी माथि परेको उजुरीसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 यसै गरी पक्राउ परेका अर्का भोजपुर घर भई  इटहरी बस्दै आएका क्षेत्रीले सोही ठाउँका एक ब्याक्तीलाई विदेश पठाई दिन्छु म एजेन्ट हुँ भन्दै उनिबाट नगद २ लाख रुपैयाँ लिई फरार भएका थिए ।

फरार रहेका क्षेत्रीलाई गत शुक्रवार पक्राउ गरी उनी माथि कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।