धरान : सुनसरीको भोक्राहा नरसिंह ६ बस्ने १९ वर्षीय उमर हुसेन लागुऔषध सहित पक्राउ परेका छन् ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले को २७ प ८८९७ नम्बरको मोटरसाइकलमा आएका हुसेनलाइ आज बिहान ११ बजे नरसिंह ५ स्थित राजमार्ग एरियाबाट नियन्त्रणमा लिईएको थियो ।

नियन्त्रण पश्चात् चेक जाँच गर्दा हुसेनले लुकाई छिपाई ल्याएको डाईजिपाम इन्जेक्सन १५० एम्पुल , लुपीजेसिक १५० एम्पुल , फेनरगन ९१५१ एम्पुल र स्पामो प्रोक्सीभान प्लस ३८४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनी माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।