धरान : मोरङ कानेपोखरी ४ त्रिवेणी चोक बस्ने ३३ वर्षीय रेसम माझीको खोलामा डुबेर मृत्यु भएको छ । 

शनिवार राती साढे १० बजे सोही स्थानमा रहेको करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरूले डुबेर बेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए ।

पानीमा डुबेर बेहोस भएका माझीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।