धरान : उदयपुर र भोजपुर जोड्ने दुधकोशी नदीको चुहारमा सोमबार पक्की पुलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको विशेष महत्त्व रहेको यो पुल ठुला नदीमा प्रदेश सरकारले बनाउन थालेको यो नै पहिलो पुल हो । उक्त पुल भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका वडा ९ स्थित चुहारमा बन्ने छ ।

उदयपुर जिल्लाको बेलका नगरपालिका अन्तर्गत पर्ने मैनामैनी हुँदै तराईलाई जोड्ने पुलले भोजपुरको आर्थिक, सामाजिक, पर्यटन विकास एवं समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।