धरान : धरान १५ बिशालचोक बस्ने ३८ वर्षीय विजय कुमार रोक्का लागु औषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

 को १० प ६२५९ नम्बरको मोटर साइकलमा आइरहेका रोक्कालाई विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गए राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् उनीमाथि चेक गर्दा शरीरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैयाँ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका रोक्का माथि  इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।