झापा : हृदयघातका कारण कतारमा ज्यान गुमाएका पाँचथरको कुम्मायक गाउँपालिका घर भई हाल झापाको दमकमा बस्दै आएका छगेन्द्र विश्वकर्माको परिवारलाई पाँचथर सेवा समाजले आर्थिक सहयोग गरेको छ ।

विश्वकर्माको २०७६ साल असार ५ गते वैदेशिक रोजगारीको शिलशलामा कतारमा रहेका बेला हृदयघातका कारण ज्यान गएको थियो ।

उनको निधनपछि परिवारलाई आर्थिक सङ्कट परेको भन्दै पाँचथर सेवा समाज शाखा दोहा कतारले मृतक छगेन्द्रका दुई नाबालक सन्तानको नाममा एभरेस्ट बैङ्क दमकमा मुद्दती खाता खोलेर १ लाख ६० हजार रुपैयाँ जम्मा गरिदिएको हो ।

सो रकम मृतकका सन्तानले नागरिकता पाएपछि झिक्न मिल्ने गरी बैङ्कसँग सम्झौता गरिएको पाँचथर सेवा समाजका झापा अध्यक्ष मदन बोहोराले जानकारी दिए ।