इटहरी : पछिल्लो समय डिजिटल पत्रकारिताको विकास सँगै सञ्चारकर्मीहरूमा आँखा तथा कान जन्य समस्याहरू बढिरहेको पाइएको छ। कम्प्युटर, मोबाइल, ल्यापटप र क्यामेरा लगायतको उपकरणहरूको प्रयोगले सञ्चारकर्मीहरूको दृष्टि तथा श्रवण शक्तिमा समस्या आइरहेको अवस्थामा प्रेस युनियन सुनसरीले इटहरीमा बृहत् निस्शुल्क आँखा तथा कान परीक्षण कार्यक्रम गर्ने भएको छ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा राष्ट्रिय फोटो पत्रकार समूह सुनसरिको सह आयोजनामा उक्त कार्यक्रम प्रेस युनियनले आयोजना गर्न लागेका युनियनका सुनसरी सचिव विवेक भट्टराईले बताए । पछिल्लो समय डिजिटल माध्यमबाट पत्रकारीता हुन थालेसँगै बिशेषगरी आँखा तथा कानमा समस्या उत्पन्न हुन थालेकाले उक्त परीक्षण कार्यक्रमको आयोजना गरिएको सचिव भट्टराई ले बताए ।

उक्त कार्यक्रममा विराटनगर आँखा अस्पतालले चिकित्सकीय टोली तथा अन्य प्राविधिक सहयोग गर्ने राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीका अध्यक्ष गुरु ढकालले बताए । कार्यक्रममा सञ्चारकर्मीका साथै उनीहरूको परिवारका सदस्यहरूको समेत निस्शुल्क आँखा तथा कान परीक्षण गरिने ढकालले जानकारी दिए ।परीक्षण इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा १९ गते बिहीबार गरिने बताइएको छ ।

eye-checkup