धरान : नेपाली काँग्रेस क्षेत्र नं. १ सुनसरीले पार्टी सङ्गठन सशक्तीकरण र सुदृढीकरण अभियानलाई वडा वडामा सञ्चालन गर्दै आएको छ। हालसम्म रामधुनी नगरपालिकाको ७ नं. वडा, बराह नगरपालिकाको वडा नं. ३, ४ र ५ तथा धरान उपमहानगरपालिकाको वडा नं. २०, १९, १८, १७, १६, १५ र १४ मा सम्पन्न भइसकेको छ। पछिल्लो समय धरान उपमहानगरपालिकाको वडा नं. १०, ९ र ८ मा अभियान सम्पन्न भएको छ। 

काँग्रेसको तल्लो तहसम्मको सङ्गठनको क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरूलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै समग्र पार्टी सङ्गठनलाई सशक्तीकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । उनले यो अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा सञ्चालन हुने बताए । यो अभियानले पार्टीको केन्द्रीय समितिद्वारा घोषित घरघर जाऔँ नेपाली काँग्रेसलाई जिताऔँ कार्यक्रमलाई समेत सफल बनाउन मद्दत पुगेको र टोल टोलमा सङ्गठन निर्माण र विस्तार गर्न थप टेवा पुगेको बताए।

धरान-१० मा भएको कार्यक्रममा प्रदेश सदस्य गणेश परियारले पार्टीको आन्तरिक चुनाव सकिएकाले अब गुटउपगुट भुलेर पार्टीले एक ढिक्का भएर हिँड्ने वातावरण बनाउनुपर्ने बताए । पूर्व वडा सभापति सुरेश निरौलाले वडाका समस्याहरूलाई क्षेत्र, नगरले विशेष प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताए । नेपाल महिला सङ्घ प्रदेश १(१) का सभापति निर्मला नेपालले वडामा चुनाव जिताउन योग्य र जनताले रुचाउनेलाई उम्मेदवार बनाउनुपर्ने बताइन । वडा सभापति पावेल राईले वडामा रहेका सबै नेता तथा कार्यकर्ताहरू सक्रिय हुनुपर्ने बताए ।  वडा उपसभापति सुरज शाक्यले बैठक र कार्यक्रममा सबै जना उपस्थित हुनुपर्ने बताए । समाजसेवी रत्नमणि राईले सक्रिय साथीहरूलाई उचित स्थान र जिम्मेवारी दिनुपर्ने बताए।

त्यसै गरी धरान-९ भएको कार्यक्रममा महासमिति सदस्य श्यामा रेग्मीले टोल समितिले बस्ती बस्तीमा कार्यक्रम गर्नुपर्ने बताइन । महाधिवेशन प्रतिनिधि ललिता अधिकारीले प्रशिक्षणमा जोड दिँदै पार्टीलाई सबैले अगाडि बढाउनुपर्ने बताइन । प्रदेश सम्मेलन सदस्य कुशुृम ओलीले टोल कमिटीहरूलाई चलायमान बनाउनुपर्ने र महिला सहभागितालाई जोड दिनुपर्ने बताइन। सल्लाहकार गोकुल श्रेष्ठले पार्टीले गरेका कार्यहरूलाई जनतामाझ लानुपर्ने, प्रचारप्रसार गर्नुपर्ने र खानेपानीको समस्या समाधान हुनुपर्ने बताए । नेपाल दलित सङ्घ सुनसरी सचिव विजय अछामीले खानेपानीको विषयमा पार्टीलाई बदनाम गर्ने कार्य भइरहेको भन्दै स्थानीय सरकारले स्पष्ट पार्नुपर्ने बताए । वडा सभापति रुपेश आचार्यले खानेपानीको सवालमा नगर प्रमुख, नगर सभापति र प्रदेश सभापति समक्ष सबै कुरा राखिसकेको भन्दै पानीकै कारण सङ्गठन गर्न गाह्रो भएको बताए ।

धरान-८ मा भएको कार्यक्रममा नेपाल जनजाति सङ्घका १ नं. प्रदेश संयोजक नन्दराज राईले प्रशिक्षण गर्नुपर्ने, एमसीसीको बारेमा जनतालाई बुझाउनुपर्ने र भातृसंघ संस्थालाई चलायमान बनाउनुपर्ने बताए । क्षेत्रीय सचिव केशव पुरीले पार्टीमा राम्रा मान्छेहरू धेरै भए पनि चुप लागेर बस्ने गरेकाले नराम्रा मान्छेहरूको दबदबा हुने र पार्टी सङ्गठन कमजोर हुने भएकाले अब  राम्रा मान्छेहरू बोल्नुपर्ने बताए । क्षेत्रीय सदस्य उमेश पौडेलले चुनावमा टिकट जसले पाए पनि सबैले हातेमालो गरेर जिताउन लाग्नुपर्ने बताए । नगर सहसचिव शिला बज्राचार्यले महिलाहरूले नै चुनावमा माहौल सिर्जना गर्ने चुनाव जिताउने हुनाले महिला नेतृहरू जागरूक हुनुपर्ने बताइन । वडा सभापति उत्तम राईले खानेपानीको समस्या, एमसीसी लगायतको विषयमा पार्टीले सहयोग गर्नुपर्ने बताउँदै टोल समितिहरूलाई परिचालन गर्न मद्दत गर्नुपर्ने बताए । congress-tol-tol-2