चतरा : सुनसरी एमालेमा लोकप्रिय नेता समेत रहेका  वराहक्षेत्र-५ का निवर्तमान वडाध्यक्ष राजु अधिकारीले स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । 
आइतबार वडाध्यक्ष पदबाट राजीनामा दिएका अधिकारीले सोमवार मेयर पदमा उम्मेदवारी दिएका छन् । 
वडामा जनप्रिय रहेका अधिकारीले नेकपा एमालेका तर्फबाट वराहक्षेत्र नगरपालिकाका मेयरमा उम्मेदवार एवम् निवर्तमान मेयर निलम खनालको पार्टी भित्र ज्यादती र अकुत पैसा भ्रष्ट्राचार गरेको उनको विरुद्ध आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन बाध्य बनेको बताए ।
अधिकारी आफ्नो उम्मेदवार निलम खनालको विरुद्ध भएको बताए ।अधिकारी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि भरौल गाविसको वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र-५ को वडाध्यक्षमा एमालेबाट लोकप्रिय मत सहित निर्वाचित भएका थिए ।