चतरा : नारायण नेपालले पुन: इतिहास बनाउने जिम्मेवारी पाएका छन् । नेपालले २०७४ सालको स्थानीय निर्वाचनमा वराहक्षेत्रको १ र २ वडा नेपाली काँग्रेसलाई जिताउन कामाण्डरको भूमिका निर्वाह गरेका थिए। गएको निर्वाचनमा एमालेको गढ भनेर चिनिएका वडामा काँग्रेसका उम्मेदवारलाई विजयी बनाएर नेपालले साङ्गठनिक चतुर्यता देखाएका थिए।
मिजासिला र सरल चरित्रका नारायण नेपाल नेपाली काँग्रेसको वराहक्षेत्र नगर समितिका निवर्तमान सभापति हुन्। उनी तत्कालीन वराहक्षेत्र गाविसको सभापतिको रूपमा १३ औँ महाधिवेशनमा सर्बसम्बत् निर्वाचित भएका थिए।
काँग्रेसको राजनीति भित्र भद्र तथा आम राजनीतिमा चतुर राजनीतिज्ञको रूपमा स्थापित नारायण नेपाल नेपाली काँग्रेस साबिक वराहक्षेत्र गाविसको राजनीतिमा सचिव हुँदै सभापति बनेका थिए। सरल चरित्रका नारायण नेपालको नेतृत्वमा साबिक वराहक्षेत्रका दुई वटै वडामा काँग्रेसको उम्मेदवारलाई विजयी भए पछि उनको चर्चा थप चुलिएको थियो। वराहक्षेत्र-२ का नारायण   समायोजनमा सफल सभापतिको रूपमा नेपाली काँग्रेस नगर सभापति बनेका थिए। 
बिबि आधारभूत विद्यालय व्यवस्थापन समितिका पुर्बअध्यक्ष, तोरीवारि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पुर्बसचिव, कुम्भ मेला आयोजना मूल समितिमा बसेर काम गरेको अनुभव छ । वैशाख ३० गतेको निर्वाचनमा नेपाली काँग्रेसलाई नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनको साथ छ। नारायण नेपालको टिममा खुल्ला सदस्यमा डिल्ली कार्की, प्रताव मगर, महिला सदस्यमा पुष्पा थापा कार्की र दलित सदस्यमा माओवादीबाट दिलु गजमेर रहेकी छिन्।