इटहरी : रामधुनी नगरपालिकाका मेयरका उम्मेदवार सभापति सुदिप अधिकारीले थारु कला र संस्कृतिलाई आर्थिक उपार्जनको माध्यम बनाउने बताएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका अधिकारीले रामधुनीका थारुहरूको जीवनस्तर उकास्ने कामको नेतृत्व गर्न आफू तयार भएको बताए । 
काँग्रेस नगर सभापति समेत रहेका अधिकारी पछिल्लो समय लोप हुँदै गएका ग्रामथान र कोहबरको संरक्षण जरुरी रहेको सुनाउँछन् । थारुका खाने परिकार देखी रहनसहनलाई आम्दानी सँग जोड्न सकिने उनको विश्वास छ । उम्मेदवारी दिएसँगै घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले कला, भाषा र संस्कृतिको संरक्षणले मात्र गाउँको विकाश सम्भव हुने धारणा राखे । 
त्यसका अलावा एकघर एक रोजगारको व्यवस्था मिलाउने उनको योजना छ । पहिलो वर्ष हरेक युवालाई सीपयुक्त बनाउने र बाँकी वर्ष रोजगारीमा लगाउने उनको लक्ष्य छ । 
पाँच वर्षमा रामधुनीमा सुविधा सम्पन्न अस्पतालको निर्माणमा ध्यान दिइन उनले बताए । त्यसका अलावा जाउँजाउँ लाग्ने विद्यालय स्थापना गरेर बालबालिकाको रोजाइमा विद्यालय पार्ने अधिकारीको योजना छ । युवालाई आयआर्जन सँग जोड्ने र नगरपालिकालाई बेरोजगार मुक्त नगर घोषणा गर्ने अधिकारीको तर्क छ । 
राम धुनीमा नेकपा एमालेका शङ्करलाल चौधरी पनि मेयरको लागि चुनावी दौडमा छन् । चौधरी यसअघि नै भाषी गाविसका अध्यक्ष भइसकेका व्यक्ती हुन् ।
sudip-adhikari-s