धरान : वैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा यसपालि सत्तारुढ पाँच दलीय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली काँग्रेसको युवा पुस्ताका नेता राई सङ्घर्षशील, स्पष्ट वक्ताका रूपमा लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरू सँग परिचित छन् र मेयरको हैसियतमा समाधानका क्षमता पनि राख्छन् । 
राजनीतिक यात्रा बारे संक्षिप्त चर्चा
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म आमा लक्ष्मी राई र पिता पृथ्वी बहादुर राईको कोखबाट २०२४ साल चैत्र १७ गते बोराबाध, मोरङमा भएको हो । उनले आइए सम्मको अध्ययन गरेका छन् । आमा लक्ष्मी धरानमा छापाखाना व्यवसाय र सामाजिक सेवामा सक्रिय रहेकीले उनी आमासँग धरानमै बाल्यकाल देखी हुर्किएका हुन । फुटबलको राष्ट्रिय खेलाडीको रूपमा सक्रिय रहँदा रहँदै २०४७ साल देखी उनको सक्रिय राजनीतिक जीवन धरानमा नेपाली काँग्रेस लाई सशक्त बनाउने उद्देश्यबाट सुरु भएको हो । 
फुटबलका अब्बल खेलाडी राई २०५१ सालमा नेपाली काँग्रेस धरान वडा नम्बर १२ को बुथ सभापति भएका थिए  । २०५४ सालको स्थानीय निर्वाचनमा धरान वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भए । २०५५ सालमा काँग्रेस धरानको नगर सचिव भएका राई २०५८ सालमा नेपाली काँग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति  भए । उनले २०६२÷०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गरेका थिए । २०६६ साल देखि २०७२ साल सम्म नेपाली काँग्रेस धरानको नगर सभापति रहेका उनी २० वर्ष सम्म धरान नगरपालिका जनप्रतिनिधि विहीन रहँदा सर्वदलीय संयन्त्र रहँदा धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरू निर्णायक पार्टी नेताका रूपमा परिचित छन् । राजनीतिक संयन्त्रको प्रमुख हुँदा धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
सानै उमेरदेखि फुटबलमा रुचि राख्ने उनी किशोरवयमा टेक्दा टेक्दै राष्ट्रिय खेलाडी मात्र बनेनन् नेपालमा फुटबलको सर्वोच्च संस्था एन्फाका केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित भए । एन्फामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका उनकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको हो । उक्त परियोजनाको परिणाम स्वरूप धरान-१७ मा एन्फा टेक्निकल सेन्टर स्थापना भएको हो । किशोर राईको पहलमा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता प्रारम्भ गरेको हो । नेपालमा सबै भन्दा लामो समय देखी निरन्तर आयोजना भइरहेको अन्तर्राष्ट्रिय फmफुटबल प्रतियोगी ताको रूपमा बुढासुब्बा गोल्डकप फुटबल अहिले सम्म पनि सञ्चालन हुँदै आएको छ । यो फुटबल प्रतियोगिता २३ वर्ष अघि देखी सुरु भएको हो । 
Kishor 2उनले राष्ट्रिय खेलकुद परिसदका सदस्य धरानमा क्षेत्रीय रङ्गशालाको निर्माणको लागि भएको सङ्घर्षमा उनले नेतृत्व गरेका थिए । उनी धरान मित्र मिलन क्लबका संस्थापक अध्यक्ष, छिमेकी स्पोर्टिंग क्लबका पूर्व अध्यक्ष हुन । धरान लाई खेलकुदको केन्द्र बनाउन मिनी ब्राजिलको नारा दिएर उनी युवाहरू माझ लोकप्रिय बने । उनले विदेश भ्रमणबाट पनि विकासमा धेरै अनुभव बटुलेका छन्। २०१४ मा विश्वकप फुटबलमा सहभागी हुन उनले ब्राजिलको भ्रमण गरेका छन्। दक्षिण कोरिया, मलेसियामा भएको एसियन फुटबल स्वर्ण जयन्तीमा नेपालबाट प्रतिनिधित्व, सन २०१२ मा मलेसियामा भएको अन्डर १९ विश्वकप छनौटमा नेपालबाट टिम म्यानेजर, हङकङमा भएको सुब्बा गोल्डकप प्रतियोगितामा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । 
धरानको विकासको बारेमा उनी अत्यन्तै उत्साहित युवा नेताहरू मध्ये एक मानिन्छन् । उनको भनाइमा आफैले जग्गा दिएर बाटो बनाउने, आफैले ड्रेन, ढल बनाउन श्रम र पैसा लगानी गर्ने धरानका जनताको साथ पाए धरानलाई हंगकंगको दाँजोमा पु¥याउन सकिने कुरामा कसैको दुई मत छैन । प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलन  सबैभन्दा पहिले नेपाली काँग्रेसले गरेको थियो । त्यसमा उनले निर्णायक भूमिका खेलेका थिए ।  धरान राजधानी नभतापनि पूर्वाधारको विकासमा राजधानी बारबारको बनाउने प्रतिबद्धता उनको छ । धरानको खानेपानी आयोजनाको असफलताको कारण धरानवासीको अघि खुलासा गर्दै आयोजनाको पूर्व घोषित क्षमतामा खानेपानी व्यवस्थाका पूनस्र्थापन गर्ने नेता किशोर राईको प्रतिबद्धता छ ।