धरान : गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार किशोर राईले खेलकुद तथा पर्यटनमा जोड दिने बताएका छन्। चुनावी सभामा सम्बोधन गर्दै उनले धरान पर्यटन र खेलकुदको केन्द्र भएकाले आफू त्यसमा लागिपर्ने बताए। 
भौतिक पूर्वाधार निर्माणमा रिङ रोड र पार्किङ स्थलको व्यवस्थापनमा प्रतिबद्ध रहेको प्रष्ट पारे। निर्माणाधीन बसपार्कको निर्माण सम्पन्न गर्ने, ३ महिना भित्र खानेपानी समस्या समाधान गर्ने देखि बहुभाषिक नीति अवलम्बन गरी पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक क्याम्पस बनाउने उनको योजना छ। 
नाटक घर तथा चलचित्र निर्माण स्थल बनाएर धरानलाई रचनात्मक सहर बनाउने उनको भनाइ छ । भूमि आयोग सँग समन्वय गरो सुकुम्वासी समस्या समाधान गर्ने उनले सुनाए ।