झापा : दमकमा मतगणना जारी छ। वडा नं १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले अग्रता लिएको छ।
जस अनुसार प्रमुख पदमा एमालेकी गीता अधिकारीले १७२, गठबन्धनका राम थापाले १३९ मत प्राप्त गरेका छन्। यसै गरी उपमेयरमा एमालेका अम्बिका खनालले १४० र गठबन्धनकी रेगिना भट्टराई प्रसाईँले १४९ मत प्राप्त गरेका छन्। हालसम्म ४०० मत गणना गरिएको छ ।