धरान : मोरङको कानेपोखरी गाँउपालीकामा २००० मत गणना गर्दा एमाले अग्रता लिएको छ। अध्यक्ष एमालेकी उम्मेदवार राजमती इङ्नाम ८३६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ५४६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सूर्य धिमालले ३६८ मत प्राप्त गरेका छन्। 
उपाध्यक्ष एमालेका भोला अधिकारीले  ८७५ मत प्राप्त गरेका छन् । त्यसैगरी कांड्ग्रेसकी मनकुमारी गुरुङले ६३६ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी तारा ओझाले २०५ मत प्राप्त गरेकी छन्।