धरान : धरानमा बिहान ७ बजे सम्ममा १७ हजार ४ सय ९५ मत गणना सम्पन्न भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेश प्रसाद खतिवडाले दिएको जानकारी अनुसार अहिले सम्म लोकतान्त्रिक वाम गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ५१११ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् भने स्वतन्त्रबाट मेयरका उम्मेदवार हर्क साम्पाङले ४४५० मतका साथ दोस्रो स्थानमा रहेका छन् । यसैगरी नेकपा एमालेबाट मेयरका उम्मेदवार मञ्जु भण्डारीले ४४३४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकी छिन् । 

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ५७६० मत प्राप्त गरी अग्रता कायम राखेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ५३९९ मत प्राप्त गरेका छन् । 

धरानमा अहिले सम्म वडानं. १, २,३,४ र ७ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ भने धरान-५ को ३८००, धरान-६ को ३४००, धरान-८ को १४०० र धरान-९ को ३०० मत गणना भइसकेको सहायक निर्वाचन अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।