इटहरी : नेकपा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयरका उम्मेदवार यामकुमार सुब्बा आफ्नै वडामा कमजोर देखिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी रहँदा सुब्बा नेपाली काँग्रेसका उम्मेदवार भन्दा ३ हजार मतले पछाडि छन् । इटहरीको मुख्य चोकमा पर्ने ६ नम्बर वडाबासी हुन् सुब्बा । तर आफ्नै वडामा कमजोर भएपछि उनको मतभार बढ्ने सम्भावना घट्दै गएको छ। 
६ नम्बर वडामा कुल ३०४३ मत खसेको मध्ये अहिलेसम्म १७२३ मत गणना भइसकेको छ । जसमा नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ८६४ र सुब्बाले ५५३ मत पाएका छन् । वडामा पनि काङ्ग्रेसकै प्यानल अगाडी आएको छ। काँग्रेसका वडाध्यक्षका उम्मेदवार दिवस पोखरेलले ७३६ मत पाउँदा एमालेका उमेश पौडेलले ५५१ मत ल्याएका छन् । राप्रपाको तर्फबाट वडाध्यक्षका उम्मेदवार अनिल सुब्बा भने निक्कै पछाडि छन्। उनले अहिलेसम्म २५६ मत मात्र पाएका छन् ।