इटहरी : सुनसरीको दुहबी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसबाट मेयरका उम्मेदवार वेदनारायण गच्छदार पुनः निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विनय कुमार पोखरेललाई ४ सय ५५ मतले पछि पार्दै दोस्रो कार्यकालको लागी निर्वाचित भएका हुन्। गच्छदारले ११ हजार ९ सय १६ मत प्राप्त गर्दा पोखरेलले ११ हजार ४ सय ६१ मत पाए।
उपमेयरमा पनि नेपाली काङ्ग्रेसकी उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित भएकी छिन्। उनले ११ हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सरोज कुमार सिंहले ५ हजार ४४ मत प्राप्त गरे।
दुहबीमा नेकपा एमाले र जसपा बिच तालमेल भएको थियो।