धरान : धरानको खानेपानी मुहान नजिकै आपगाछी क्षेत्रमा आज बृहत् सरसफाइ भएको छ । 

धरान उपमहानगरपालिकाको नगर प्रहरी र प्रोजेक्ट नेचर धरानले संयुक्तरुपमा शनिवार आपगाछी क्षेत्रको खानेपानीको मुहान क्षेत्रमा बृहत् सरसफाइ गरेको हो । नगर प्रहरी र प्रोजेक्ट नेचरका गरी ३० जना सहभागी सो कार्यक्रममा धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाको पनि उपस्थिति रहेको थियो । 

आपगाछी क्षेत्रमा सरसफाइ सँगै २५ बोरा फोहोर समेत सङ्कलन भएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । सो क्षेत्रको झार जङ्गल समेत फडानी गरी केही बासका बिरुवा पनि रोपिएको छ । सडक किनारामा जङ्गल हुनुले यात्रुहरूलाई शौच गर्न गराउन सवारी साधनले सवारी रोक्दै आएका थिए । तर पछिल्लो समय त्यहाँ शौच गर्न र फोहोर फाल्न, गाडी रोक्न निषेध गरिएसँगै आपगाछी क्षेत्र पनि सफा हुँदै गएको छ ।

Fohor-1

आपगाछी नजिकै धरानको मुख्य खानेपानीको मुहान खर्दु नजिकै रहेको धरान भेडेटार सडक खण्डमा पर्ने आपगाछी क्षेत्रमा पछिल्लो समय नगर प्रहरीले नगर प्रहरी विट स्थापना गरेर खानेपानीको मुहानको सुरक्षा गर्दै आइरहेको छ । यस भन्दा अघि नेपाल प्रहरी पनि सम्मिलित संयुक्त सुरक्षा टोलीले सुरक्षा दिँदै आएकोमा अहिले नगर प्रहरीले मात्रै बिहान ६ बजे देखि साँझ ७ बजे सम्म खानेपानीको मुहान क्षेत्रमा नियमित सुरक्षा दिँदै आएको छ । 

Fohor-2

दैनिक सुरक्षा दिँदा पनि धरान भेडेटार सडक खण्डको आपगाछी क्षेत्रको सडक किनारामा सवारी साधन रोक्ने पाइएकोले आज देखि र दिशा पिसाब गर्न नपाइने जनाउ दिने बोर्ड पनि आज नगर प्रहरीले राखेको छ । सो क्षेत्रमा फोहोर गरेको र खानेपानी क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न निषेध गरिएसँगै खानेपानीको मुहान क्षेत्र पनि निक्कै सफा भएको छ ।  

Fohor-3Fohor-4Fohor-5Fohor-6