इटहरी : नेपाली काङ्ग्रेस सुन्दरहरैँचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले स्थानीय निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको छ।  मंगलबार पार्टी कार्यालय विराटचौकमा बसेको समीक्षा बैठकमा कार्यकर्ताले सिटौला माथि अन्तर्घात गरेको आरोप लगाएका हुन् ।
पार्टीको क्षेत्रीय प्रतिनिधि र नगर समितिका पदाधिकारी सहितको बैठकमा सिटौलाले असहयोग गरेको कारण मेयर तथा वडाध्यक्ष पदमा काँग्रेसका उम्मेदवार पराजित भएको कार्यकर्ताले सुनाए । कार्यकर्ता आक्रोशित भएपछि सिटौला बैठक कक्षबाट बाहिरिएका थिए । 
मेयर पदका आकाङ्क्षी सिटौलाले टिकट नपाएपछि कार्यवाहक दिएर निष्क्रिय भएका थिए । उनले आफ्नै वडामा काँग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर असहयोग गरेको कार्यकर्ताको गुनासो छ।