धरान : ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित धरान-५ झोडापाटाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार अपराह्न ३ बजे विशेष सूचनाको आधारमा धरान-५ झोडापाटाबाट ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित २५ वर्षीय बिपना तामाङ र २१ वर्षीय जनिस राईलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट स्पासपाम १६१० ट्याब्लेट र ट्रामडोल १५० १२९० ट्याव्लेट बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई औषधी सहित औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।  

Aabaidh-Ausadhi-1Aabaidh-Ausadhi-3