धरान : असार २० गते हुन लागेको सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवराज श्रेष्ठले उम्मेदवारी दिएका छन् । लामो समयदेखि उवासंघको गतिविधिमा सहभागी भएका उनी यस पटक नेतृत्व गर्ने तयारीमा लागेका हुन् ।
हालका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई नेकपा एमालेले समर्थन गरेको छ । उनी सँगै विजय श्रेष्ठ र पवन अग्रवाल पनि अध्यक्षको दौडमा छन् । 
उवासंघ सुनसरीलाई व्यवसायीक संस्था बनाउने प्रणका साथ शिवराजले चुनावी प्रचार तीव्र बनाएका छन् । सुनसरीको जेठो व्यवसायीक सङ्घ भएकाले त्यसको गरिमा राख्न पनि आफू अध्यक्ष हुनुपर्ने उनको दाबी छ । आफ्नो दाबी पहिलो र अन्तिम भएको बताउँदै उनले हार जित जे भए पनि अर्को पटक अध्यक्षमा दाबी नगर्ने बताए ।
यस्ता छन् शिवराजका एजेन्डा 
- पर्यटन क्षेत्रको विकाश गर्ने ।
- सङ्घमा दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने ।
- स्थानीय, प्रदेश र सङ्घीय सरकार सँग सङ्घलाई सहकार्य गराउने ।
- महँगी नियन्त्रणका उपायको खोजी गर्ने ।
- सचिवालय सुदृढीकरण गर्ने ।
- व्यवसायमा देखिने समस्यामा सहजीकरण गर्ने ।
- सुरक्षाको लागि आवश्यक स्थानमा सिसी क्यामेरा जडान गर्ने ।
लगायत एजेन्डा लिएर उनी व्यवसायी समक्ष गएका हुन् । त्यससँगै लेखा परीक्षण केन्द्र, व्यवसायीक परामर्श केन्द्र, कानुनी परामर्श केन्द्र, कर सहयोग सेवा केन्द्र लगायत १५ वटा सुविधा सुरुवात गर्ने उनले सङ्कल्प गरेका छन् । 
Shivaraj-shresta-agenda