धरान : धरानको एक मात्र एडभान्स डिप्लोमा अध्यापन गराउने प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले हालै एसइई दिएर बसेका विद्यार्थीका लागि नि:शुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने भएको छ ।
माध्यमिक परिक्षा दिएर बसेका विद्यार्थीलाई के बिषय पढ्ने, कहाँ गएर पढ्ने भन्ने दुबिधाले सताइरहेको बेला प्राइम भिजन कलेजद्वारा आयोजना हुने यस तालिमले विद्यार्थीलाई केहि हद सम्म सहयोग पुग्ने कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए ।
यही जेष्ठ २३ गते देखि सन्चालन हुने तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यवसायिक किचन सम्बन्धि जानकार बनाउने, विभिन्न परिकारहरि बनाउन सिकाउने, बनाएको खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमता अभिवृद्धि, व्यक्तित्व विकास जस्ता विभिन्न व्यवहारिक बिषयहरु सिकाइने कलेजका सिइओ अभिषेक श्रेष्ठले प्रस्ट पारे । उक्त तालिममा समावेश हुन इच्क्षुकले अनलाइन मार्फत आवेदन फारम भर्न सकिने र सो फारम कलेजको फेसबुक पेजमा सजिलै भेटिने श्रेष्ठले बताए ।
होटल म्यानेजमेन्ट अन्तर्गत यस कलेजका थुप्रै बिद्यार्थीहरु इन्टर्नसिप तथा उच्च शिक्षा हासिल गर्नका निम्ति विदेशमा गएर राम्रो पारिश्रमिकका साथ आफ्नो अध्ययनलाई अघि बढाई रहेको जानकारी गराउँदै श्रेष्ठले आउँदा दिनहरूमा पनि सोही अनुरूपका दक्ष जनशक्तिहरू उत्पादन गर्दै जाने बताए।
विगत ५ वर्ष देखि होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको प्राइम भिजन कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि हुने खालका विभिन्न कार्यक्रमहरू समय समयमा आयोजना गर्दै आइरहेको छ ।