धरान : धरानमा यामाहा मोटरसाइकलको सात दिने महा एक्सचेन्ज मेला आजबाट सुरु हुने भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा सात दिन सम्म चल्ने महा एक्सचेन्ज मेला हुन लागेको हो ।
नेपालीहरूको महान् पर्व विजया दशमी तथा दीपावलीको अवसरमा ग्राहकहरूको रुचि र आवश्यकतालाई ध्यानमा राखेर यामाहा महा एक्सचेन्ज मेलाको आयोजना गरिएको यामाहा धरानको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिए ।
असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने यामाहा महामेलामा पुराना बाइकहरूको एक्सचेन्ज, फाइनान्स सुविधा समेत ग्राहकहरूलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरूको मूल्याङ्कनमा प्रचलित बजार मूल्य भन्दा ७ हजार बढी दिइनेछ ।
कुनै पनि व्राण्डको पुरानो बाइक एक्सचेन्ज, ३० मिनेटमा नै सकिने गरी सरल फाइनान्सको सुविधा, हरेक बाइक खरिदमा ६ हजार पक्का उपहार, हरेक दिन खरिदकर्ताहरू मध्येबाट ३ जनालाई गोला प्रथाद्वारा स्मार्ट टिभी प्रदान गरिने मेलाको विशेषता रहेको खतिवडाले जानकारी दिए । महा एक्सचेन्ज मेलामा यामाहाका पारखीका लागि एक अवसर भएकोले मौकाबाट फाइदा लिन पनि खतिवडाले आग्रह गरेका छन् ।
उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरू मूल्याङ्कन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन सञ्चालक खतिवडाले आग्रह आग्रह गरेका छन् । उनका अनुसार पुराना बाइकहरूलाई प्रचलित बजार मूल्याङ्कन भन्दा ७ हजार बढी दिइने जानकारी समेत गराएका छन् ।
यस मेलामा जुनसुकै कम्पनीका मोटरसाइकल र स्कटीहरु समेत एक्सचेन्ज गरिने सुविधा रहेको छ । मेलामा प्रवेश गर्नेहरू ग्राहकहरू मध्येबाट एक जना भाग्यशाली ग्राहकलाई आकर्षक पुरस्कार रहेको छ । गत वर्ष  धरानमा मेला अवधिभरि १ सय ५० भन्दा बढी बाइक तथा स्कुटर विक्री भएको र यस वर्ष पनि सोही अनुसार अपेक्षा गरिएको  खतिवडाको भनाई रहेको छ ।
यमाहाले हरेक वर्ष ग्राहकको सुविधालाई ध्यानमा राखी महामेलाको आयोजना गर्दै आएको उनले बताए ।
yamaha4