धरान : यति बेला दशैले छपक्कै छोपेको छ । जति नै आर्थिक अवस्था कमजोर भए पनि चाडबाडमा मिठो मसिनो खाने हाम्रो समाजमा चलन नै छ ।

तर चाडपर्व रमाइलो गर्ने, आफ्नो आफन्तसँग भेटघाट गर्ने सँगै मिठो मसिनो खाने चलनले आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई चाडपर्व एउटा नमिठो पिडा बनेर आइदिने गर्दछ । देखासिकी गर्ने हाम्रो समाज आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई ठुलो समस्या आइपर्ने गर्दछ ।

चाडपर्वमा आउने पाहुना पात र छोरा छोरी र परिवारलाई कसरी मिठो मसिनो खान दिने भन्ने पिरलो हुने गर्दछ । तर तेह्रथुमको लालीगुँरास नगरपालिकामा भने एक जना सञ्चारकर्मी देबिन्द्र लिम्बुले दशैको बेलामा ५५ घरधुरीलाई जिरा मसिना चामल प्रतिव्यक्ति १ बोराका दरले बाडेका छन् ।

लालीगुराँस नगरपालिकाका १ देखि ९ नम्बर वडा सम्मका आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई चामल, नुन तेल र केही केही रकम पनि वितरण गरेका छन् । १ लाख १० हजार बरावरको चामल, नुन, तेल र केही वृद्धा र असक्तलाई नगद पनि वितरण गरेका छन् ।

तत्कालीन दागापा गाविस ५ मा जन्मिएका देबिन्द्र लिम्बु तीनजुरे अनलाइन टिभीका सञ्चालक हुन् । कृष्णबहादुर लिम्बु र आमा चन्द्रकुमारी लिम्बुको कोखबाट जन्मिएका देबिन्द्र लिम्बु जीवन गुजारा गर्न साउदी, कतार र कुवेत सम्म पुगे । उनी अहिले पूर्वको विराटचौकमा बसेर देशभरीका घटनाक्रमलाई आफ्नो युट्युब च्यानल तीनजुरे अनलाइन मार्फत प्रस्तुत गर्ने गर्दछन् ।

विगतमा आफ्नो परिवारले चाडपर्वमा अभावमय जीवन भोगेको सम्झँदै देबिन्द्र लिम्बुले भने "मैले मेरो युट्युब च्यानल तीनजुरे अनलाइन टिभीबाट कमाएको केही रकमबाट मेरै गाउँका विपन्नतामा गुज्रिएका परिवारलाई सहयोग गर्न पाउँदा औधी खुसी भएको प्रतिक्रिया दिए । उनले भने धन बाँडेको होइन मन बाँडेको हुँ ।" 

नेपाल सरकारको सूचना विभाग र प्रेस काउनसिलमा दर्ता भएको तीनजुरे अनलाइन टिभी युट्युबसँगै अनलाइन पनि सञ्चालनमा रहेको छ । तीनजुरे अनलाइन टिभीको ५ लाख ४ हजार सस्क्राईबर रहेका छन् ।

युट्युबबाट आएको पैसा गरिब दुखिलाई सहयोग गर्दै हिडने देबिन्द्र लिम्बुले यस पटक दसैँमा आफ्नै जन्मस्थलमा पुगेर उनले देखेका दु:खीहरूलाई सहयोग गर्दा सहयोग पाएका सर्वसाधारण खुसी भए । उनीहरूले भने, यस्तो काम त हामीले भोट दिएका जनप्रतिनिधिहरूले गर्नुपर्ने हो तर तपाईँले गर्नुभयो भन्दै आर्सीवाद समेत दिए । 

विगतमा आफू त्यही ठाउँमा एउटा गरिब परिवारमा सङ्घर्ष गरेको अनि बाबा र आमाले भोगेको दु:ख प्रत्यक्ष देखेको बताउँदै आफूले आफ्नो गाउँ ठाउँमा सानो सहयोग गर्ने प्रयास गरेको लिम्बुले बताए । 

Sahayog-2Sahayog-1Sahayog-3