इटहरी : पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जमुवा टोलमा भयानक दुर्घटना भएको छ ।
सोमबार बिहान मातृ भाग्यरेखा बस र माइक्रो बस ठोक्किँदा ४ जनाको मृत्यु भएको हो ।
काँकडभिट्टाबाट दिक्तेल तर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगर जाँदै गरेको प्र २९०१९००१ ज ००४७ नम्बरको माइक्रो विङ्गर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार माइक्रोले ओभरटेक गर्न खोज्दा तीव्र गतिको कारण दुर्घटना भएको हो । दुर्घटनामा मृतकको सनाखत हुन केही समय लाग्ने बताउँदै उनले १५ जना भन्दा बढी घाइते भएको बताए ।
घाइतेलाई उपचारको लागि विराटनगर पठाइएको र घटनाको अनुसन्धानमा प्रहरी लागिपरेको उनको भनाइ छ ।