सुनसरी : निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा तर्फ नेकपा एमालेकी भगवती चौधरी ४० हजार ७८८ मत सहित विजयी भएकी छिन ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६०० मत ल्याए । चौधरीले ५ हजार १८८ मतान्तरले गच्छदारलाई पराजित गरेकी हुन् ।
त्यस्तै प्रदेश (ख) पनि नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनले १९ हजार ४७९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बिन्देश्वर यादवले १८ हजार ८९१ मत ल्याए । प्रदेश (क) तर्फ पनि नेकपा एमालेका उम्मेदवार रोहित बहादुर कार्की विजयी भएका थिए ।
यो सँगै सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।