इटहरी : नेपाल शिक्षक सङ्घ इटहरीको अध्यक्षमा बासुदेव कर्ण विजयी भएका छन् । सोमबार कबिर माविमा भएको निर्वाचनमा कर्ण भारी मतका साथ विजयी भएका हुन् । 
निकटतम प्रतिद्वन्द्वी लोकराज बस्नेतलाई ८० मतान्तरले पराजित गर्दै कर्ण अध्यक्ष निर्वाचित भएका हुन् । पराजित गर्दै कुल २८४ मत मध्ये २६६ मत खसेको हो । २ मत बदर हुँदा कर्णले १ सय ७२ र बस्नेतले ९२ मत पाए । 
गत माघ २८ गते उद्घाटन भएको अधिवेशनले अध्यक्ष बाहेक कार्यसमितिका पदाधिकारी यसअघि नै सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा नेपाली काँग्रेस पार्टी नेतृत्वले हस्तक्षेप गरेपछि सहमति हुन सकेन । संस्थापन इतर कोइराला प्यानलका कर्ण र संस्थापन प्यानलका बस्नेत बिच पार्टी तहमै प्रतिस्पर्धा भएपछि सहमति हुन नसकेको हो । 
सर्वसम्मत पदाधिकारीको उपाध्यक्षमा विष्णु दाहाल, महिला उपाध्यक्ष लक्ष्मी चौधरी, सचिव भीम भट्टराई, अर्थ सचिव दीपेन्द्र राय चयन भएका हुन् । यस्तै अर्थ सहसचिवमा गुरु प्रसाद काफ्ले, समावेशी सह सचिवमा दिलीप कुमार मुखिया र मिलन चौधरी रहेका छन् ।