इटहरी : हालसम्मकै धेरै प्रिन्ट ब्लड सङ्कलन गर्ने उदेश्यका साथ इटहरीमा रक्तदान हुने भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजना तथा मदिरा व्यवसायी सङ्घ इटहरीको सह-आयोजनामा बृहत् रक्तदान हुने भएको हो ।

जेठ ३ गते इटहरीको सङ्गीत चौकमा २५ वटा संस्थाको सहयोगमा कार्यक्रम हुने भएको छ । हालसम्मको सबैभन्दा ठुलो मात्रामा ब्लड सङ्कलन गर्ने आयोजकको दाबी छ ।

सोही अभियान अन्तरगत आयोजकले विभिन्न  बस्तुगत सङ्घ,  सामाजिक संस्थाहरू, सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयलाई साथमा लिएको  छ  । उवासंघ इटहरी अन्तरगत रक्तदान उपसमितिले कार्यक्रम आयोजनाको जिम्मेवारी सम्हालेको छ ।