धरान : कडा लागुऔषध ब्राउन सुगर लिएर हिँडेको अवस्थामा प्रहरीले बुधवार मोरङ र झापाका ४ जना युवाहरूलाई पक्राउ गरी थप अनुसन्धानको कार्वाही अघि बढाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा झापाको कान्काई नगरपालिका-४ का ४२ वर्षीय प्रेम विश्वकर्मा, १७ वर्षीय सिन आलम र मोरङ उर्लाबारी-का ३१ वर्षीय अर्जुन श्रेष्ठ र सन्जय प्रधान छन् ।

झापामा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीको टोलिले कन्काई-४ बाट बिश्वकर्मा र आलमलाई शंकालागी चेकजाँच गर्ने क्रममा १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

मोरङमा ईलाका प्रहरी उर्लाबारीबाट खटिएको प्रहरीको टोलिले प्रदेश १-०२-०५० प ५४४४ र मे. ५ प ८८२४ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चालक अर्जुनलाई २ ग्राम ४९० मिलिग्राम र सन्जयलाई ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।