धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आन्दोलनमा रहेको नेपाल पत्रकार महासङ्घलाई औपचारिक रूपमा वार्ताका लागि बोलाएका छन् ।
महासङ्घ सुनसरी शाखाका अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा जेठ ७ गते १ बजे नगर प्रमुखको कार्यकक्षमा छलफलका लागि उपस्थित भइदिन भनिएको छ । 
पत्रमा लेखिएको छ ‘यहाँहरूको आन्दोलन गर्नु पर्ने असन्तुष्टि र असहमतिको विषय लिई छलफलका लागि उपस्थित भइदिन अनुरोध छ । पत्रमा नगर प्रमुख हर्कराज राईको हस्ताक्षर छ ।
पत्रकार महासङ्घले मेयर साम्पाङबाट प्रेस स्वतन्त्रता हनन् हुने गरी पत्रकार तथा सञ्चार माध्यम सँग अशोभनीय व्यवहार गरेको भनी उपमहानगरपालिकाको प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धताको माग गर्दै आन्दोलनको घोषणा गरेको थियो ।
आन्दोलनको ६ दिने रचनात्मक विरोध कार्यक्रम सकिए लगत्तै मेयर साम्पाङले वार्ताका लागि औपचारिक रूपमा बोलाएका हुन ।
letter-for-Patrakar-mahasan