वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने भएको छ ।  मेयर रमेश कार्कीका अनुसार स्थानीयहरुले उत्पादन गरेको कृषि उत्पादन तथा अन्य सामाग्रीहरूलाई  निजी व्यवसायी तथा सामूहिक व्यवसायीसँगको सहकार्यमा ब्राण्डिङ गरिनेछ । जसका लागि नगरले आवश्यक नीति तथा बजेट समेत विनियोजन गर्नेछ ।

‘स्थानीय किसानले उत्पादन गर्ने हर्दि, अदुवा, केरा, तरुल जस्ता नगदेवालीलाई व्यवसायीक बनाउन, प्रशोधन, प्याकेजिङ्ग र बजारीकरणकोलागि नगरपालिकाले योजना बनाउने छ । त्यस्तै स्थानीयहरूले उत्पादन गरेको जुता, चप्पल , स्यान्डल , झोला , टपरीलाई लगाएका स्थानिय उत्पादनलाई ब्राण्डिङ गरिनेछ ।

‘उत्पादन र उपभोगलाई जोडन‘ स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न र नगर भित्रनै रोजगारीको सिर्जना गर्न र आर्थिक विकास निजी क्षेत्रको स्रोत, साधन, सीप र प्रविधिको उपयोग गरी कृषक र उद्यमी , वराहक्षेत्र नगरको साथी जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ ।

साबिकका ५ बटा गाबिसलाई केन्द्रित गरेर १-१ जना  ५ कृषि प्राविधिक , प्राङ्गरिक खेती प्रबद्बन , स्थानिय उत्पादनलाई ब्राण्डीङ्ग, कृषकलाई प्रशिक्षण, अनुभव साटासाट, सामूहिक किसिमको खेतिलाई प्रोत्साहन, कृषि बिमा कार्यक्रम, पौरखी किसानलाई सम्मान, शीत भण्डारलाई पूर्ण रूपले सञ्चालन लगाएका कार्यक्रम तय गरिएको छ ।barahachhetra branding 2