इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक बुद्धिराम चौलागाई र जवान आयुष राईलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको छ । विभागीय मूल्यमान्यता देखी आदेशको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर काम गरेको भन्दै पुरस्कृत गरिएको हो ।

उच्च मनोबल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याए बापत पुरस्कार प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । असार महिनामा फरार प्रतिवादीहरू पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको भन्दै चौलागाईँ सम्मानित भएका छन् ।

उनले असार ६ गते दुहबी नगरपालिकामा भारतीय नागरिकहरू दिपेश यादव र अभिषेक यादवलाई लागुऔसध सहित पक्राउ गरेका थिए । इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख चौलागाँईले प्रहरी हिरासतमा मानव मस्तिष्क सहितको पुस्तकालयको स्थापना गरेका छन् ।

जवान राईले असार ४ गते खोटाङको रावा खोलामा फसेका युवराज रोक्का र मदन मगरलाई उद्धार गरेका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको छनौट गरी पुरस्कृत गर्दै आइरहेको छ ।