धरान : तेह्रथुम म्याङ्लुङ-८ का २२ वर्षीय संगम तामाङ र २५ वर्षीय सविन लिम्बुको आइतबार साँझ  म्याङ्लुङ-१० मा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार म्याङ्लुङबाट जिरीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक संगम तामाङ र पछाडि सवार २५ वर्षीय सबिन लिम्बुलाई जिल्ला अस्पताल पुराएपछि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भइरहेको छ ।