धरान : ललितपुरमा शुक्रवार देशी सुरु भएको प्लस टु लेबल अक्सब्रिज थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन कलेज एक खेल जितेर नकआउट चरणमा प्रवेश गरेको छ ।

धरान मेघा कलेज एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै प्रतियोगिताको टप १४ मा पुगेको हो ।  छ । प्रतियोगिता उद्घाटन खेलमा धरान मेघाले काठमांण्डौको ओमेगालाई १२-६ अङ्कको अन्तरले पराजित गरेको थियो । अर्को खेलमा भने ८-४ अङ्कले पराजित भए ।

नेपाल बास्केटबल सङ्घको सहकार्यमा सञ्चालित प्रतियोगितामा सहभागी धरान मेघा कलेज बास्केटबल टिममा प्रिन्स राई, डेनिस लिम्बु, पारुहाङ लिम्बु, तोङहाङ लिम्बु र प्रशिक्षक तथा व्यवस्थापकमा प्रदेश १ का महिला बास्केटबल खेलाडी आस्था राई र निवा लिम्बु छन् ।

उनीहरूलाई कलेजका अध्यक्ष कैलाश लिम्बूले सफलताको शुभकामना दिँदै बिहीबार बिदाइ गरेका थिए । प्रतियोगितामा जित हार भन्दा पनि विद्यार्थीहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्नु महत्त्वपूर्ण रहेको उनले बताएका थिए ।

प्रतियोगितामा २२ वटा टिम बिच प्रतिस्पर्धा हुँदैछ । काठमांण्डौ बाहिरबाट एक मात्र धरान मेघा कलेज सहभागी भएको हो ।