धरान : सुनसरी जिल्ला बास्केटबल सङ्घको पाँचौँ अधिवेशनले अध्यक्ष पदमा पुनः नारायण सुवेदीलाई चयन गरेको छ । उनलाई दोस्रो पटक सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन ।

बुधवार भएको अधिवेशनले १५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा विवेक राई, सचिव विकास चाम्लिङ राई, सहसचिव युगल लिम्बु र कोषाध्यक्ष डा.आशा राई छन् ।

सदस्यहरूमा विकाश बनेपालि, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रञ्जित लिम्बु, रविन गुरुङ, आस्था राई, नुप राई, चिरञ्जीवी गिरि, अधिप श्रेष्ठ र वृजेस तामाङ छन् ।