धरान : झापाको दमक-३ बेलडाँगीबाट शुक्रवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको चुलाचुली-५ का २२ वर्षीय प्रदिप लिम्बु र ३१ वर्षीय राजु दर्नाल छन् । उनीहरूलाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी चौकी बाघखोरको गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।