धरान : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङका ५० वर्षीय सितलबहादुर राईको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँका ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दसैँको बेला शुक्रवार राती सवा १० बजे मादक पदार्थ सेवन गरेर वादविवादसँगै भएको झैझगडामा घाइते सितलबहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनास्थलमा अन्य कानुनी प्रक्रिया भइरहेको छ । घट्नामा संलग्न भएको आरोपमा पक्राउ गरिएका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सोताङमा राखिएको छ ।