धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी रोगको उपचारका लागि अत्याधुनिक थ्रीडी गेट एनलाइशिस ल्याब सञ्चालनमा ल्याइएको छ । उक्त प्रविधि नेपालमै पहिलो पटक प्रतिष्ठानको हाडजोर्नी विभागमा स्थापना गरिएको हो ।

जेनेभा युनिभर्सिटी हस्पिटल्स, स्वीट्जल्र्याण्डको सहयोगमा स्थापना भएको उक्त ल्याब जेनेभाबाट आएका ३ जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा स्थापना गरेका हुन । ल्याब स्थापनसँगै प्रतिष्ठानका जनशक्तिलाई सञ्चालन सम्बन्धी तालिम प्रदान गरेका छन् ।

टोलीमा बाल हाडजोर्नी विशेषज्ञ डा.जेराल्डो डिकुलन, प्राध्यापक स्टिफेन आरमान्ड र एलिस बोनेफोइ रहेको प्रतिष्ठानकी प्रवक्ता डा.अन्जु प्रधानले जानकारी दिइन् ।

उनका अनुसार कतिपय मानिसहरूको ‘सेरेब्राल पल्सी’का कारण तथा शल्यक्रिया गरेपछि अन्य कारण हाडजोर्नी सम्बन्धी कतिपय रोगले हिडाईको चाल नमिल्ने, हिँड्नमा कठिनाइ हुने हुन्छ । त्यस्ता मानिसहरूको हिँडाई वा चाल ठिक गर्न नयाँ उपचार पद्धतिले मद्दत पुर्‍याउने छ ।

ल्याब भित्र उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ । बिरामीहरूको उपचारमा बिरामीलाई हिँड्न लगाई सबै कोणबाट बिरामीको चालको भिडियो र ग्राफिक्सहरू लिई उच्च प्रविधिको कम्प्युटरद्वारा उक्त भिडियो, ग्राफिक्सहरूको विश्लेषण गरी समस्याको पहिचान गरिन्छ ।

सोही विश्लेषणको आधारमा विशेषज्ञहरूले बिरामी उपचारको उपचार गर्दछन् । उक्त तालिम हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसरद्वय डा.आशिष पाण्डे र डा.अमित लिम्बू, अर्थोटिष्ट्/प्रोस्थेटिष्ट् अमन श्रेष्ठ र फिजियोथेरापिष्ट मुजाहिद हुसैनले लिएका छन् ।

BPKIHS-LAB-KapurinewsBP-lab-News2-KapuriNews