धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माणधीन मातृ तथा शिशु उपचार केन्द्र एमसिएचको भवन निर्माण अलपत्र परेको छ । 
२५ प्रतिशत निर्माण भएपनि अहिले प्रतिष्ठानको सो केन्द्रको निर्माण कार्य ठप्प भएको छ । मातृ शिशु तथा शिशु उपचार केन्द्रसँगै क्यान्सर उपचार केन्द्र (अंकोलोजी), मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) का योजनाहरु पनि एकसाथ अपलपत्र परेको । प्रतिष्ठानमा २ सय शैयाको कार्डियोलोजी, दुइ सय शैयाको अंकोलोजी, ४ सय शैयाको एमसिएच योजना रहेका छन् ।

सिनेटको वैठक नवस्दा प्रतिष्ठानमा भवन निर्माण कार्य रोकिएको जनाइएको छ । विरामीको चापलाई व्यबस्थापन गर्न यसअघि प्रतिष्ठानले मातृ तथा शिशु, मुटु, क्यान्सर, हाडजोर्नी, नाककान घांटी, मेडिसिन जस्ता विभागलाई अलगअलग बनाएर सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय मार्फत ४ अर्व ५९ करोड ९८ लाख रुपैयाको माग गरेको थियो । प्रतिष्ठानले ‘जिरो रिफरल टर्सरी केयर युनिभर्सिटीको रुपमा विकास गर्न गुरु योजनासहित ०७४ असोज २४ गते पठाएको प्रस्ताव स्वास्थ्य मन्त्रालयको निति, योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखाले प्रतिष्ठानको भौतिक पुर्वाधार निर्माणकालागि ४ अर्व ५९ करोड ९८ लाख रुपैया निकासा गर्न र बजेट व्यबस्थापनकालागि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखालाई पत्र लेखे पनि फाइल अगाडि बढ्न नसक्दा कतिपय योजना अलपत्र हुन पुगेको छ ।

सिनेट बैठक नबस्दा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीनमा ढिलाइ गर्दा नया“ एमआरआई उपकरण ल्याउन सकेको छैन । सिनेटको नबसी तत्कालिन उपकुलपति प्रा डा बलभद्रप्रसाद दासको पालामा दुइ अर्व ५० करोड रुपैया लागतमा एमसिएच भवन निर्माण गर्ने विषयमा शर्मा–रसुवा जेभी काठमाण्डौंले दुइ बर्षमा सक्ने गरी प्रतिष्ठानसंग ०७३ असार २८ सम्झौता गरेको थियो ।स्वास्थ्य मन्त्री बोहराको पालामा गत कातिक ३० गते बसेको प्रतिष्ठानको ४० औं सिनेट बैठकले आर्थिक बर्ष ०७२ मा पुर्व उपकुलपति प्रा डा बलभद्र प्रसाद दासले सिनेट र मन्त्रालयको स्वीकृतीबिना ठेक्का लगाएको भन्दै छानवीन गर्ने निर्णय भएपछि रोकिएको हो ।

प्रतिष्ठानका प्रवक्ता तथा हाडजोर्नी विभागका प्रमुख डा पशुपति चौधरीले भने, ‘यसअघि बसेको सिनेटले पास नगरेपछि काम रोकिएको हो । एमसिएच भवन निर्माणकालागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबाट पटक पटक बजेट आएको हो । ’ चौधरीले नया स्वास्थ्य मन्त्री आएसगै अव सिनेट वैठक वस्ने संभावना वढेको वताए । रोकिएको योजनाहरु सिनेट वैठक नवसी अघि नवढ्ने भएको छ । मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) र क्यान्सर उपचार केन्द्र (अंकोलोजी) कालागि बजेट इस्टिमेट, डिजाइनलगायतका प्रक्रृयाहरु पनि रोकिएकाले अव बस्ने सिनेटबाट पास भएमामात्र ती योजनाहरु अगाडि बढ्ने बताए ।प्रतिष्ठानमा दैनिक चारहजार जनासम्म विरामीहरु आउन थालेका छन् । सामाजिक स्वास्थ्य सुरक्ष्ाँ विमा कार्यक्रम सरकारले लागु गरेपछि पुर्वका अधिकांस विरामीलाई जिल्ला अस्पताल, अन्चल अस्पताल, स्वास्थ्य केन्द्रहरुले जटिल रोगकालागि सिधै प्रतिष्ठानमा पठाउन थालेपछि अत्यधिक चाप बढेको छ ।