वराहक्षेत्र : सुनसरीको वराहक्षेत्रमा रहेको चक्रघट्टि जेसीजको ११ औँ शाखा अधिवेशनबाट वर्ष २०२४ को अध्यक्षमा सुरेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

शनिवार आयोजना भएको अधिवेशनले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट कार्यकारी वरिष्ठ उपाध्यक्षमा महेश घिमिरे (सुरज) चयन भएका छन् ।

कार्यकारिणी उपाध्यक्षमा मौसम न्यौपाने र सरण कुमार लिम्बु चयन भएका छन् । उपाध्यक्षमा उत्सव सुवेदी, गौरव सापकोटा, सुवास सुवेदी र प्रेमबहादुर बस्नेत चयन भएको निर्वाचन संयोजक तीर्थराज भट्टराईले जानकारी दिए ।

त्यस्तै अधिवेशनले जनसम्पर्क अधिकारीमा ज्ञान राजधामी, कानुनी सल्लाहकारमा नोना ढुङ्गेल, तालिम संयोजकमा अश्बन यादव, प्रकरण निर्देशकमा अर्जुन तामाङ (शिशिर) चयन भएका छन् ।

महासचिव रमेश बस्नेत, कोषाध्यक्ष धनराज कार्कीलाई जेसीजको विधान अनुसार मनोनीत गरिएको छ । चक्रघट्टिमा जेसीज सन २०१३ मा संस्थापना भएको थियो । चक्रघट्टि जेसीजको संस्थापक अध्यक्ष निश्चल बस्नेत रहेका थिए। त्यसपछि क्रमशः रमेश कार्की, दिनेश पोखरेल, कमलनाथ दाहाल, देवकुमार चौधरी, मञ्जु आचार्य, सन्तोष चौलागाई, तीर्थराज भट्टराई, दिवस विष्ट र तेजबहादुर पुरी (सन्तोष) ले चक्रघट्टि जेसीजको नेतृत्व गरी सकेका छन् ।