वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा जुत्ता वितरण गरेको छ ।

सहकारीले वडा नं १ स्थित बगुवामा रहेको भगवती आधारभूत विद्यालयका ७४ जना विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा जुता वितरण गरेको सहकारीकी अध्यक्ष सीता भण्डारी पौडेलले बताइन् ।

बिहीबार विद्यालयको प्राङ्गणमा औपचारिक कार्यक्रम गरेर विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा जुता वितरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा नं १ का अध्यक्ष किसन मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्यहरू अमिना राई, कुमार भट्टराई, समाजसेवी ईश्वर थापा लगायतको आतिथ्यता रहेको थियो ।

यस अगाडि वर्षहरूमा सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रेल्वेलाईनमा सडक बत्ती, विद्यालयमा शैक्षिक सामाग्री, खेलकुद प्रतियोगितामा सहयोग, सुरक्षा निकायको कार्यालयमा भौतिक निर्माण, विद्यार्थीहरूलाई शैक्षिक सामाग्री लगायत न्यानो कपडा वितरण गरिसेको सहकारीका व्यवस्थापक बाबुराम खत्रीले बताए ।

प्राय निम्न भएका परिवारका छात्र तथा छात्राहरू अध्ययन गर्ने भएकाले सहकारीले वितरण गरेको न्यानो कपडा (ट्रयाकसुट) तथा जुताले ठुलो राहत मिलेको र विद्यार्थीहरू नियमित विद्यालय आउने सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक सितादेवी राईले बताइन् ।

nyano kapda bitaran front

nyano kapda bitaran