धरान : नेपाली चाडपर्व सुरु भएको जनाउ दिदैं आज शुक्रवार देखी धरानमा नेवार समुदायको सांस्कृतिक नाच परम्परागत लाखे जात्रा सुरु भएको छ ।

नेपालका नेवार समुदायमा नागपञ्चमीको दिन देखि कृष्णाष्टमीको भोलिपल्ट सम्म लाखे नाच्ने परम्परा छ ।

नागपञ्चमीको दिन धरानको सिंहदेवी मन्दिरबाट विधिवत् पूजा गरी लाखे नाच सुरु भएको हो ।

आजबाट लाखे नाच चोक-चोक गल्ली-गल्लीमा देख्न पाइन्छ । नेवार समुदायमा नाचिने नृत्यहरू प्रायः देवीदेवता स्वरूपका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक मानिँदै आएको छ ।

कृष्णलाई मार्नका लागि कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ ।

पछिल्लो समय लाखे नाचको नाममा विकृति बढ्दै गएको र लाखे नाचको नाममा पैसा उठाउने जस्ता क्रियाकलाप बढ्न थालेकोमा नेवा: देय दबूँ धरान समितिमा दर्ता भएका संस्थागत सूचीकृत भएका लाखे समूहले मात्रै लाखे नाच देखाउन पाउने व्यवस्था छ ।

हिलो दिन धरानको सिंहदेवी मन्दिरमा मङ्गलवार २५ समूहले आफ्नो नाम दर्ता गराएर सूचीकृत गरेको दबूका नगर अध्यक्ष मनोहर शाक्यले बताए ।

दवु महासचिव दीपेन्द्र श्रेष्ठका अनुसार हाल सम्म १५ वटा ठुलो लाखे समूह र १० वटा साना लाखे समूह समेत जम्मा २५ वटा दर्ता भएका छन् । अझै लाखे समूह दर्ता हुन सक्नेछ ।

lakhe-dance-dharanlakhe dharan