वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित पौराणिक महत्त्व बोकेको पर्यटकीय स्थल सुर्यकुण्ड क्षेत्रमा सरसफाइ गरिएको छ ।

सुर्यकुण्ड क्षेत्रको प्रवर्धन, प्रचारप्रसार तथा कुण्डको संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।

प्राचीन महत्त्व बोकेको उक्त सुर्यकुण्ड क्षेत्र ऐतिहासिक, पुरातात्त्विक, पौराणिक तथा प्राकृतिक क्षेत्रको रूपमा प्रसिद्ध रहेको छ । सुर्यकुण्डमा रहेको आदि वराह मन्दिर क्षेत्र, सुर्यकुण्ड स्थलमा सरसफाइ गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

सुर्यकुण्ड क्षेत्रको विकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र सङ्घीय सरकारसँगको सहयोगमा काम गरिरहेको र यहाँको पौराणिक तथा ऐतिहासिक महत्वको क्षेत्रको संरक्षण, प्रवर्धन तथा प्रचारप्रसारमा लागि परेको नगर प्रमुख कार्कीले बताए ।

नगर प्रमुख कार्कीको संयोजकत्वमा आयोजना भएको सरसफाइ कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं १ का अध्यक्ष श्री किसन मगर, वडा नं.७ का अध्यक्ष कपिल आचार्य, वडाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानियवासिहरुको सहभागिता रहेको थियो ।