धरान : गृहमन्त्री रमेश लेखकले सरकार पूर्ण प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रेस स्वतन्त्रता बिना लोकतान्त्रिक प्रणालीको संस्थागत विकास नहुने भन्दै सरकार गम्भीर रहेको बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्की दिएको विषयमा गृहमन्त्री ध्यानाकर्षण भएको सुनाए । बिपीका साहित्यिक विचारहरू लोकार्पण कार्यक्रममा पत्रकार सुरक्षित भए मात्र समाज सुरक्षित हुने भनाइ राखे ।

कार्यक्रममा सहभागी हुनुपुर्व पत्रकार महासङ्घ सुनसरीले गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । खोज पत्रकारिता केन्द्रमा गोपाल दाहालले समाचार लेखेको विषयमा मेयर साम्पाङले धम्की दिएका थिए ।

त्यसपछि सुनसरीका पत्रकार असुरक्षित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा काँग्रेस नेताहरूले सम्बोधन गरेका थिए ।

home-minister-dharangihamanti dharan