धरान: धरानको प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वर बाबा धाम, बुढासुब्बा मन्दिर र सांस्कृतिक साकेला पार्कमा वैकल्पिक ऊर्जा प्रबन्ध केन्द्रबाट प्राप्त १-१ थाना सोलार बत्ती प्रदान गरिएको छ ।
विद्युतअनियमितको बेला रातको समयमा आवश्यक उज्यालोका लागि नेपाली काँग्रेसको पहलमा सोलार बत्ती उपलब्ध गराइएको हो। काँग्रेस सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा सभापति अनिल श्रेष्ठ, धरान उपमहानगर सभापति श्याम पोखरेलले तिनै संस्थाका पदाधिकारीहरूलाई सोला बत्ती हस्तान्तरण गरेका हुन ।
धार्मिक-सांस्कृतिक स्थललाई सोलार उपलब्ध गराउन प्रदेशसभा १(१) की कोषाध्यक्ष रविना  सुब्बा गुरुङले वैकल्पिक ऊर्जासँग समन्वय गरेकी थिइन् ।
उक्त सोलार बत्ती पिण्डेश्वर बाबाधामका अध्यक्ष विकास बनेपाली, बुढासुब्बा मन्दिरका पङ्कज आले र किरात राई यायोक्खा अध्यक्ष राजेन्द्र राईलाई हस्तान्तरण गरिएको हो ।