धरान : साउन १ गते बुधबारदेखि धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बोलबम शुरु भएको छ ।

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जल चढाएर औपचारिक रुपमा बोलबमको शुभारम्भ गरेका थिए । साउन महिना हिन्दु आराध्यदेव शिवको मनपर्ने महिनाको रुपमा लिइने गरिन्छ । प्राचिन हरिद्वार कोशीकी तट कोशी नदिबाट खाली खुटा हिडेर ल्याइएको जल पिण्डेश्वरमा चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । पिण्डेश्वरमा सोमबारको दिन जल चढाउने चलन छ । तर, गत बर्षदेखि भने साउनको सबै बार जल चढाउने प्रचलन शुरु गरिएको पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपालीले बताए । ‘बुधबार १ गतेदेखि बोलबमको शुभारम्भ भयो,’उनले भने,‘प्रदेश सभामुखले सिद्धीविनायक गणेश, पिण्डेश्वर बाबाधाममा जल चढाएर विधिवत् रुपमा बोलबम शुरु गर्नुभयो ।’

pindeswor3

अध्यक्ष बनेपालीका अनुसार यस पटक ५ लाखसम्म भक्तजन आउने अपेक्षा छ । धरान १४ नम्बर वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बोलबममा भक्तजनहरुको सुरक्षामा ध्यान दिदै सहज रुपमा जल चढाउने वाताबरण तयार गरिएको बताए । एक महिनासम्म चल्ने बोलमबमा टाढा–टाढाबाट आउने भक्तजनहरुको सुविधा दिनको लागि सुचना केन्द्र राख्ने समेत बताए । ‘भक्तजनहरुलाई व्यावस्थित रुपमा जल चढाउने बातावरण बनाउनका लागि वडाकोतर्फबाट सबै सुरक्षाकर्मीलाई पत्रचार गरेका छौ,’उनले भने,‘वडाले सुचना केन्द्र स्थापना गछौं ।’

pindeswor1