धरान: घरायसी झगडामा आफ्नो श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वराहक्षेत्र–५ का  ३० वर्षीय सोनिया मुसहरलाई प्रहरीले पक्राउ गरेको छ । 
सोनियाले गत: शुक्रवार राती ९ बजेको समयमा घरायसी कुरामा सामान्य विवाद हुँदा निर्घात कुटपिट गर्दा २४ बर्षीया श्रीमती ढली सदा मुसहर गम्भीर घाइते भएकी थिइन् ।
घाइते भएकी ढली सदाको भोली पल्ट शनिवार बिहान घरमा नै मृत्यु भएको खबर पाएपछि प्रहरी चौकी भरौलको प्रहरी टोली सोनियाको घर पुगेर कुटपिट गर्ने मुसहरलाई पक्राउ गरेको हो । 
मुसहरलाई  इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।